मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ५ बाट लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ वर्षीय प्रकाश ढकाल, २९ वर्षीय बिक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार गोप्य सूचनाको आधारमा प्रहरी टोलीले उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर १२ ग्राम २३० मिलिग्राम बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post