इटहरी : इटहरीमा प्रहरीले क्यारमबोर्ड जफत गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले क्यारमबोर्ड खेल्ने ठाउँमा भीडभाड बढेको र भैझगडा समेतको स्थिति आएपछि क्यारमबोर्ड जफत गरिएको हो ।
क्यारमबोर्डमा जुवाजन्य खेल समेत खेलाएको पाइएपछि एकैदिन सातवटा क्यारमबोर्ड जफत गरिएको उनले बताए ।
यसअघि पटक–पटक क्यारमबोर्ड नखेल्न चेतावनी दिएपनि अटेर गरेपछि इटहरीका विभिन्न क्षेत्रबाट क्यारमबोर्ड नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Discussion about this post