Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्थानीय तह निर्वाचनमा होमियो कांग्रेस, कुन जिल्लामा को प्रतिनिधि, सुनसरीमा अमृत अर्याल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २५, २०७८
in समाचार
0
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)
144
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस स्थानीय तह चुनावका लागि एकमहिने विशेष अभियानसहित निर्वाचनमा होमिएको छ ।

कांग्रेस ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ नारासहित स्थानीय तह निर्वाचनमा होमिएको हो । २९ फागुनबाट २९ चैतसम्म गरी एक महिना स्थानीय तह निर्वाचन लक्षित विशेष अभियान सञ्चालन गर्न लागिएको हो ।

सरकारले आगागी ३० वैशाखका लागि स्थानीय तह निर्वाचन मिति तय गरिसकेको छ । अभियानका लागि कांग्रेसले मंगलबार ७७ वटै जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधि तोकेको छ ।

यस्तै तोकिएका प्रतिनिधि ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन विशेष अभियानमा जानेछन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय सदस्यले कमान्डरका रूपमा अभियान नेतृत्व गर्ने र प्रदेश, जिल्ला र क्षेत्रले अभियान सहजीकरण तथा व्यवस्थापन गर्दै सशक्त रूपमा अघि बढाउने जानकारी दिए ।

‘केन्द्रीय सदस्य कमान्डर तोकेर अभियानमा खटाइन्छ, प्रदेश, जिल्ला र क्षेत्रका नेता पनि निर्वाचनलक्षित अभियानमा सशक्त ढंगबाट माहोल बनाउने गरी खट्नुहुन्छ,’ कांग्रेस प्रवक्ता महतले भने, ‘यो अभियानमार्फत कांग्रेस जनताको घरघरमा पुग्नेछ ।’ उनका अनुसार ‘कुन जिल्लाको कमान्डर को हुने ? भन्ने’ आज बुधबार आधिकारिक जानकारी गराइँदै छ ।

जिल्ला खटिने केन्द्रीय प्रतिनिधिलाई मंगलबार ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् । देउवाले स्थानीय चुनाव प्रभावकारी बनाउन र पार्टी उम्मेदवार जित्नेगरी तयारी गर्न केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

सत्तारूढ गठबन्धनमा रहेका दललाई गालीगलौज नगर्न र आरोप–प्रत्यारोपमा नउत्रन समेत उनले निर्देशन दिएका छन् । अभियानका लागि खटाइने केन्द्रीय प्रतिनिधि २७ फागुनभित्र जिल्ला पुगिसक्ने छन् ।

ती केन्द्रीय प्रतिनिधिले मतदातालाई पार्टीका पक्षमा मतदान गर्न अपिल गर्नेदेखि एमसीसी’ भ्रम चिर्नेसम्मको काम गर्ने कांग्रेसले जनाएको छ । अभियानमार्फत कांग्रेसले संगठन सुदृढीकरण गर्दै हालसम्म आफ्नो सरकारका पालामा गरेका काम, राजनीतिक र आर्थिक गतिविधि’ अभियानमार्फत मतदातालाई जानकारी दिने तयारी गरेको हो ।

त्यस्तै, अभियानमार्फत कांग्रेसले स्थानीय तहका वडा तथा टोलमा रहेका आफ्ना नेता–कार्यकर्तालाई निर्वाचन केन्द्रित गर्ने र अन्य पार्टीका नेता–कार्यकर्तालाई पनि प्रवेश गराउने लक्ष्य राखेको छ । कांग्रेसका क्रियाशील सदस्य मात्रै देशभर गरी हालसम्म ९ लाखभन्दा बढी छन् ।

– राजधानी दैनिकबाट

Tags: #कांग्रेस#नेपाली कांग्रेस#स्थानीय तह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
समाचार

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.