मोरङ : मोरङको केराबारी गाँउपालिका ७ मुगुटोलबाट ठूलो परिणामको लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भित्री सडकखण्डमा पश्चिमबाट पूर्व–तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि बाँधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको हो ।
गाँजा बरामद भएसँगै मोटरसाइकल चालक धनकुटा सहिदभूमी गाँउपालिका १ का ३१ वर्षीय दीपेश राईलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post