इटहरी : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले बुधबार (आज) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ ।
डिजेल–मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ तोकिएको छ ।
यसअघि निगमले फागुन १९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।















Discussion about this post