इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न निर्वाचनमा विजय प्राप्त गर्नका लागि पार्टी भित्रको आन्तरिक गठबन्धन तथा एकता अझ दरिलो बनाउनुपर्ने बताएका छन् ।
पार्टीको दायित्व, वर्तमान संरचना र अमेरिकी सहयोग परियोजना एमसीसी बिषयमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता महरले भर्खरै सम्पन्न १४ औं महाधिवेशनका बेला आफूहरुबीच केही चिसोपन भएपनि त्यसलाई हटाएर पार्टीका नेता कार्यकर्ताहरुबीचमा एकता कायम गर्न सके तीनै तहको निर्वाचनमा कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।
घरघर जाऔं, कांग्रेस जिताऔं अभियानका क्रममा कांग्रेसले देशमा रहेका उपलब्धीहरू, तत्कालीन नेकपा सरकारका फट्याईँ र अमेरिकी अनुदान एमसीसीबारेमा जनतालाई प्रष्ट पार्नुपर्ने बताउँदै नेता महरले पार्टीभित्रको द्धन्द्धलाई व्यवस्थापन गरेर चुनावमा होमिनुपर्ने बताए ।
गठबन्धन गर्नुपर्ने कुरालाई कुनै सिद्धान्त नबनाई आवश्यकता अनुसारका जानुपर्ने महरको भनाइ छ ।
Discussion about this post