इलाम : इलामको रोङ गाउँपालिका ४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम ४० बोरा हार्ड छुर्पी बरामद गरेको हो ।
अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका २ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।












Discussion about this post