Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको मोर्डन प्रिपेरेटरी स्कुलमा साइबर अपराधबारे सचेतना, के भन्छन् डीएसपी ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ११, २०७८
in समाचार
0
इटहरीको मोर्डन प्रिपेरेटरी स्कुलमा साइबर अपराधबारे सचेतना, के भन्छन् डीएसपी ?
349
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय सामाजिक सञ्जाल र ईन्टरनेटको प्रयोग बढ्दो छ । यसको सदुपयोग गरेमा सूचना प्राप्त गर्नका लागि सकारात्मक प्रभाव पर्छ । तर, पछिल्लो समय ईन्टरनेटको चरम दुरुपयोगले साइबर अपराध बढ्दो रहेको पाइएको छ ।

विशेषगरी सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटर जस्ता सञ्जालमा अरुहरुलाई गालीगलौच गर्ने, होच्याउने, तस्वीरको दुरुपयोग गरी ट्रोल बनाउने काम पनि हाबी भइरहेको छ । यसै सन्र्दभमा इटहरीमा भने यसको दुरुपयोगबारे विद्यार्थीलाई प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार मोबाइलले मानिसलाई सजिलो बनाएपनि ईन्टरनेटको दुरुपयोगका कारण साइबर अपराधका घटना बढ्दो छ ।

उनले भने, ‘मोबाइलले मानिसलाई हरेक सूचना पाउन सजिलो बनाएको छ, तर यसको दुरुपयोगले साइबर अपराध पनि बढ्दो छ ।’ उनका अनुसार इटहरी प्रहरीकहाँ पनि ईन्टरनेटको माध्यमबाट दैनिकजसो ठगी भइरहेका उजुरी आइरहेका छन् ।

‘ईन्टरनेटको प्रयोगले सकारात्मक सूचना लिनेको पहुँच बढ्दो छ, तर यसको दुरुपयोगले अपराध पनि बढाइरहेको छ,’ उनले भने, ‘अस्वभाविक रुपमा मोबाइल, ल्यापटप चलाउने मानिसहरूको संख्या बढेकाले दुरुपयोगका कारण ठगीमा परेका मानिसहरू दिनहुँजसो प्रहरीकहाँ उजुरी दिन आइरहेको अवस्था छ ।’

‘ईन्टरनेटको माध्यमबाट ठगी गर्ने जस्ता समस्या पनि निम्तिरहेको छ,’ डीएसपी खड्काले भने, ‘ईन्टरनेटको दुरुपयोगका कारण घरबारै बर्बाद हुने तथा सामाजिक सञ्जालमा नकारात्मक गतिविधि प्रयोग गर्दा अपराध निर्माण भइरहेको छ ।’

उनका अनुसार पछिल्लो समय सञ्जालमा अरु मानिसको अश्लील फोटो खिचेर पनि ठगी तथा अपराध निर्माण भइरहेकाले सचेत रहनका लागि प्रहरीले यहाँका विद्यालयमा सचेतना अभियान सञ्चालन गर्दै आएको छ ।

शुक्रबार इटहरीको मोर्डन प्रिपेरेटरी इङ्लिस बोर्डिङ स्कुलका ‘मोर्डन बाल क्लब’को आयोजनामा भएको साइबर अपराध विरुद्वको सचेतना कार्यक्रममा बोल्दै डीएसपी खड्काले कोरोनाका कारण नेपालमा ईन्टरनेट प्रयोग गर्नेको संख्या बढेकाले यसको सदुपयोग गर्न अपिल गरे ।

‘ईन्टरनेटको प्रयोगले सकारात्मक सूचना लिनेको पहुँच बढ्दो छ, तर यसको दुरुपयोगले अपराध पनि बढाइरहेको छ,’ उनले भने, ‘अस्वभाविक रुपमा मोबाइल, ल्यापटप चलाउने मानिसहरूको संख्या बढेकाले दुरुपयोगका कारण ठगीमा परेका मानिसहरू दिनहुँजसो प्रहरीकहाँ उजुरी दिन आइरहेको अवस्था छ ।’

फेसबुक पासवर्ड ह्याक गर्ने जस्ता काम पनि हुने भएकाले सचेत रहन उनको अपिल थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव वाग्लेका अनुसार पछिल्लो समयका किशोरकिशोरीमा ईन्टरनेटको दुरुपयोगले हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । सो ऐनको दफा ४७ अनुसार साइबर अपराध रोक्न कारबाही गरिदैँ आएको छ ।

‘यसअघि दुईवर्षसम्म कोरोनाले भौतिक रूपमा विद्यालयमा विद्यार्थीलाई उपस्थित गराउन नसक्नुले पनि ईन्टरनेटमा जोडिने क्रममा यसको प्रयोग बढ्दो छ,’ उनले भने, ‘तर हाम्रो अध्ययन र चेतनाको हिसाबले हामी पछाडि छौँ, यसको दुरुपयोग हुन नदिनका लागि सकारात्मक अभ्यासको सुरुआत गरेका हौँ ।’

उनका अनुसार कक्षा सातदेखि १० सम्म अध्ययनरत किशोरकिशोरीलाई प्रहरीहरूले प्रशिक्षण दिए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले पछिल्लो समय फेसबुकको दुरुपयोग गरि आपराधिक गतिविधि बढ्दो रहेकाले सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘ईन्टरनेटको दुरुपयोगले डिप्रेसन हुने र यसले ज्यानै लिने अवस्था पनि छ, हामी आफैँ पीडित र आफैँ पीडक छौँ ।’ उनका अनुसार अहिले मोबाइलमा विश्व रहेपनि यसको दुरुपयोगले रोग निम्तिरहेकाले सचेत हुनुपर्नेमा जोड दिए ।

नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । सो ऐनको दफा ४७ अनुसार साइबर अपराध रोक्न कारबाही गरिदैँ आएको छ ।

सो दफा अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामाग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

Tags: खगेन्द्रबहादुर खड्कामोर्डन प्रिपेरेटरीसञ्जीव वाग्लेसाइबर अपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1010 shares
    Share 404 Tweet 253
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.