इटहरी : सरसफाई लगायतका सामाजिक कार्यमा सक्रिय इटहरीमा रहेको बुल्स एलेभेन क्लबले आँखा शिविरको आयोजना गर्ने भएको छ ।
आइतबार इटहरीको धरान लाइनमा रहेको लण्डन होटल नजिक आँखा परीक्षण शिविर सञ्चालन गर्न लागिएको शुक्रबार एक पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।
नवदृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा इटहरी तथा आसपासका क्षेत्रका सर्वसाधारणले सेवा लिने अपेक्षा राखिएको आयोजक बुल्स एलेभेनका उपाध्यक्ष रामु राईले बताए ।
शिविरमा आँखा परीक्षण गरिएकाहरूमा मोतियाबिन्दुको अप्रेसन गर्नुपरेमा नवदृष्टि आँखा अस्पतालले निःशुल्क रुपमा गर्ने बाइएको छ ।













Discussion about this post