उदयपुर : उदयपुरको कटारी नगरपालिका ११ हर्देनीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ओखलढुङ्गाबाट कटारीतर्फ आउँदै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको बोलेरो फोर्स गाडी ‘ब्रेक फेल’ भएपछि आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ४ च्यानमका ५४ वर्षीय खेमबहादुर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा ओखलढुङ्गाको मोलुङ गाउँपालिका २ का २४ वर्षीय एकराज दाहाल र चिसङखुगढी गाउँपालिका ८ की ३३ वर्षीया यशोदा कार्की गम्भीर घाइते भएका छन् ।
यस्तै, ३२ वर्षीय चूणामणि अधिकारी, फिजितिम्बा गाउँपालिका ९ का ३६ वर्षीय निमा तामाङ, शिद्धिचरण नगरपालिका ७ की २५ वर्षीया एक्काकुमारी दाहाल, ३४ वर्षीय रोशन राई, ३५ वर्षीया टीकाकुमारी श्रेष्ठ र मोलुङ–२ की ३० वर्षीया पार्वता पोखरेल सामान्य घाइते भएका छन् ।
त्यस्तै शिद्धिचरण ७ का ३२ वर्षीय पीताम्बार दाहाल, २७ वर्षीय घनश्याम राई, सोलुखुम्बुको नेचासल्यान ५ का ३८ वर्षीय प्रेमकुमार राई र गाडी चालक ओखलढुङ्गाको शिद्धिचरण नगरपालिका १ का २४ वर्षीय सञ्जीव घिमिरे घाइते भएका छन् ।
उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post