उदयपुर : उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने सात घर जलेर नष्ट भएका छन् ।
उदयपुरगढी गाउँपालिका १ शिखरपुरमा आइतबार साँझ घरमा आगो लाग्दा स्थानीय ६८ वर्षीया शिवमाया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
स्थानीय ओमबहादुर मगरको घरबाट सुरु भएको आगलागीले वरपरका अन्य ६ घर पनि जलेका छन् ।
आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post