Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी (भिडियो)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०७८
in समाचार
0
नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी (भिडियो)
223
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा इटहरीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

बुधबार (आज) बिहान नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा इटहरी नगरपरिक्रमा गरी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

नगरपरिक्रमापछि कार्यक्रममा बोल्दै पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले सुनसरी पत्रकार महासंघको लागि ऐतिहासिक जिल्ला रहेको बताए ।

उनले भने, ‘नेपाल पत्रकार संघबाट महासंघ बनाउनका लागि सुनसरीले अहम् भूमिका खेलेको छ, २०५३ सालमा धरानमा भएको कार्यक्रमले संघबाट महासंघ भएको हो ।’

उनले सुनसरी पत्रकारिता क्षेत्रको ऐतिहासिक जिल्ला रहेकाले यहाँका पत्रकारको प्रेस स्वतन्त्रता तथा हकहितमा महासंघले काम गर्नुपर्ने सुझाव दिए ।

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले विभिन्न बहानामा मिडिया हाउसले अहिलेपनि पत्रकारलाई बेतलबी बिदामा राख्ने, पारिश्रमिक नदिने जस्ता काम गरेकाले श्रमजीवी पत्रकारको हितमा महासंघले काम गरिरहेको बताए ।

‘पछिल्लो समय नेपालमा पत्रकारिता क्षेत्र अवसर र चुनौतीका बीच गुज्रिरहेको छ,’ उनले भने, ‘जसलाई समस्या परेको छ, ती समस्या समाधानका निम्ति हामी लागिरहेका छौँ ।’

अघिल्ला वर्षभन्दा पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना भइरहेकाले पत्रकार आफैँले पनि सचेत हुनुपर्ने उनले बताए ।

पत्रकार महासंघ प्रदेश १ का सचिव देबेन्द्र कार्कीले पत्रकारिता क्षेत्रको ऐतिहासिक जिल्ला सुनसरी रहेकाले आफूहरू गौरवान्वित भएको बताए ।

उनले देशका ठूला राजनीतिक परिवर्तनमा पनि पत्रकारिता जगत्को भूमिका अपरिहार्य रहेको बताए ।

कार्यक्रममा महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले आफूहरू जिल्लाका पत्रकारहरूको हितमा काम गरिरहेको बताए ।

जिल्लामा हाल २६२ जना क्रियाशिल रहेकाले उनीहरूको पक्षमा महासंघले काम गर्दै आएको उनको भनाइ छ । यस्तै, हाल महासंघको भवन इटहरीमा पनि बन्ने क्रममा रहेको उनले बताए ।

२०१२ सालमा स्थापना भएको नेपाल पत्रकार संघ २०५३ सालमा सुनसरीको धरानबाट विधान संशोधन गरी संघबाट महासंघ बनाइएको हो ।

भिडियो

Tags: #पत्रकारनेपाल पत्रकार महासंघनेपाल पत्रकार महासंघ स्थापना दिवसपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1006 shares
    Share 402 Tweet 252
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.