इनरुवा : आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणामलाई गठबन्धनको पक्षमा माहोल बनाउन सुनसरीका चार दलहरुले संयुक्त बैठक गरेका छन् ।
सत्ता साझेदार दलहरुको दलीय गठबन्धनको सुनसरी जिल्ला स्तरीय बैठक शुक्रबार बसेको हो । बैठक स्थानीय तह निर्वाचन केन्द्रित भएको बताइएको छ ।
बैठकले गठबन्धनका लागि प्रत्येक दलले जिल्ला स्तरीय संयन्त्रका लागि एक–एक जना प्रतिनिधि तोक्ने निर्णय गरेको छ ।
साथै पालिका र वडा स्तरको रिपोर्टसहितको बैठक यही चैत्र २१ गते पुनःबस्ने निर्णय भएको बैकठमा सहभागि नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालले बताए ।
उनका अनुसार आगामी बैठक नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय इनरुवामा बस्नेछ ।
१८ गतेको बैठक नेपाली कांग्रेसका सुनसरी सभापति केदार भण्डारीको अध्यक्षतामा बसेको थियो । उनी ५ दलीय गठबन्धन सुनसरीका संयोजक हुन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सुनसरी संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु), नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की सहभागी थिए ।












Discussion about this post