Saturday, June 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कवि हेमन यात्रीको सक्रियताले फेरिएको विद्यालयको स्वरूप…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २४, २०७८
in समाचार
0
कवि हेमन यात्रीको सक्रियताले फेरिएको विद्यालयको स्वरूप…

विद्यालयमा कम्प्युटर सिक्दै विद्यार्थीहरू ।

430
SHARES
Share on FacebookShare on Twitter

इटहरी : तीन वर्ष अगाडि मोरङको मिक्लाजुङ गाउँपालिका १ मा रहेको श्री सिर्जना आधारभूत विद्यालयमा तीनजना विद्यार्थी रहँदा पालिकाले विद्यालय नै बन्द गर्नुपर्छ भनेर दबाब दिएपनि अहिले यो विद्यालय उदाहरणीय बनेको छ ।

गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य, शिक्षा विभागका प्रमुख काशीनाथ खनाल लगायतको टोलीले त्यसबेला विद्यालयमा विद्यार्थी अभाव भएकाले विद्यालय ‘मर्च’ गर्ने लगायतका कुरा राख्दै विद्यालय बन्द गर्न दबाब दिएका थिए ।

तर, स्थानीयले विद्यालय बन्द नहुने भन्दै प्रतिकार गरे ।

त्यससँगै विद्यालयको पुनःनिर्माण, शैक्षिण गुणस्तर स्तरोन्नति तथा विद्यार्थीहरूको उपस्थिति बढाउनका लागि स्थानीयबासी आफूहरू स्वयम् लागि परेपछि अहिले विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको छ ।

कवि समेत रहेका स्थानीय हेमन यात्रीको पहलमा अहिले विद्यालय नमुना बनेको छ ।

‘सरकार आफैँ विद्यालय बन्द गर्नुपर्छ भनेर आएको अवस्थामा सरकारले सहयोग गर्ने कुनै वातावरण नै भएन,’ यात्री भन्छन्, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ भनेर स्थानीय स्तर तथा व्यक्तिगत रूपमा सहयोग उठाएर हाल विद्यालयको अवस्थामा रूपान्तरण आएको हो ।’

उनका अनुसार लथालिङ्ग अवस्थामा रहेको विद्यालयको पुनःनिर्माणका लागि देशविदेशमा रहेका सहयोगीबाट सहयोग जुटाइएको थियो । उनका अनुसार देशबाहिर रहेका तथा यहीँका कवि, लेखकहरूबाट प्राप्त भएको रकमले विद्यालयले मूर्त रुप पाएको छ ।

हाल पुनःनिर्मित विद्यालय ।

कवि यात्रीका अनुसार झण्डै ६ लाख रुपैयाँ लागतमा अहिले विद्यालयको मुहार फेरिएको छ ।

झट्ट हेर्दा आकर्षक विद्यालय, वरिपरी रुखबिरुवा, खेलमैदान, कम्प्युटर ल्याव, एलइडी टेलिभिजन, उचित खेलसामाग्री, चमेनागृह तथा कक्षाकोठाभित्र कुनै निजी विद्यालय जस्तै देखिने संरचनाले अहिले यहाँका विद्यार्थीहरूको उपस्थिति पनि बाक्लिएको छ ।

‘संकटमा रहेको विद्यालय र विद्यार्थीको भविष्य उज्यालो बनाउनका लागि सहयोग अभियान थालेर विद्यालयले नयाँ रुप पाएको छ,’ यात्रीले भने, ‘चार महिनासम्म निरन्तर म आफैँले पनि श्रम गरेर विद्यालय आजको अवस्थामा आइपुगेको हो, तीन वर्ष अघि स्थानीय सरकारले बन्द गर्नुपर्छ भनिएको विद्यालयको परिवर्तित रुप देखेर अहिले धेरैजसो मानिसहरूले विश्वासै गर्दैनन् ।’

अहिले विद्यालयमा ६ थान कम्प्युटरसहित एउटा एलइडी टिभी पनि जडान गरिएको छ भने जसबाट ‘प्ले ग्रुप’मा अध्ययनरत विद्यार्थीहरूलाई मनोरञ्जन सँगै सिकाईको अध्याय अगाडि सारिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बुधबार एक कार्यक्रममा ।

उनका अनुसार सरकारको सहयोग बिनै व्यक्तिगत रूपमा विद्यालयको स्तरोन्नति हुँदा स्थानीय हर्षित छन् । ‘त्यसबेला गाउँमा केटाकेटी रहेपनि अनेकन कारणले विद्यालय नै नआउने परम्परा थियो,’ उनले भने, ‘अहिले विद्यालयको स्वरूप फेरिएपछि केटाकेटीहरू विद्यालय आउन आकर्षित बनेका छन् ।’

त्यसबेला विद्यालय बन्द गर्नुपर्छ भनेर भनेका तीनै सरकारी अधिकारीहरू अहिले प्रशंसा गर्न थालेका छन् । बुधबार विद्यालयको २८ औँ वार्षिकोत्सव कार्यक्रममा गाउँपालिका अध्यक्ष आचार्यले भने, ‘तीन वर्ष अगाडि विद्यालय बन्द गर्नुपर्छ भनेर हामीले सोचका थियौँ, आज आएर विद्यालयको जुन प्रगति भएको छ, यो हाम्रो सोच भन्दा परको कुरा हो ।’

उनले इच्छाशक्ति भएको अवस्थामा जुनसुकै परिवर्तन पनि सम्भव रहेको भन्दै उक्त विद्यालयको उदाहरण दिए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खनालले भने, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने पालिकाकै योजनाअन्तर्गतको कार्यक्रम भएपनि कतिपय विद्यालयहरूमा पुर्याउन नसकिएको सन्र्दभमा यस विद्यालयमा अभिभावकहरूको आफ्नै सक्रियतामा यसरी शैक्षिक गुणस्तरको वृद्वि हुनेगरी काम हुनु सकारात्मक छ ।’

विद्यालयको २८ औँ वार्षिकोत्सवमा आमन्त्रित अतिथि ।

कक्षा ५ सम्म अध्यापन हुँदै आएको विद्यालयमा हाल चार दर्जन बढी विद्यार्थी, तीन शिक्षक र एक कर्मचारी रहेका छन् । जसमध्ये दुईजनाको दरबन्दी रहेको छ ।

यसैबीच विद्यालयको वार्षिकोत्सवको अवसर पारेर अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना समेत गरिएको छ । जसमा चन्द्रोदय आधारभूत विद्यालय, सिर्जना आधारभूत विद्यालय र टाँडी मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भए । विजेतालाई नगद र प्रमाणपत्रले पुरस्कृत गरियो ।

विद्यालयमा जडान भएको कम्प्युटरको अवलोकन गरिदैँ ।
Tags: #मोरङमिक्लाजुङशिक्षाहेमन यात्री
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की
समाचार

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

झापा " कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूऔषध दुर्व्यसन र मौसमजन्य विपद् नेपालका गम्भीर चुनौतीका रूपमा देखापरेको भन्दै यसको रोकथाम...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
समाचार

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

झापा : झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कन्काई–१ की ५ वर्षीया...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३
इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

असार ६, २०८३
भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

असार ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

लागूऔषध नियन्त्रणका लागि प्रदेशस्तरीय योजना आवश्यक : मुख्यमन्त्री कार्की

असार ६, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

झापाको बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु

असार ६, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी : मुख्यमन्त्री कार्यालयका जिन्सीमाथि शंका, ३० ल्यापटप र १४ मोबाइलको यथार्थ खोज्न माग

असार ६, २०८३
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

असार ६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.