भोजपुर : भोजपुरको अरुण गाउँपालिका १ रातमाटेमा भरुवा बन्दुक चलाउँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४७ वर्षीय सूर्यबहादुर खत्री रहेका छन् ।
उनले छिमेकीको गोठमा गएर भरुवा बन्दुक चलाउँदा आफ्नै पेटमा लागेर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएसँगै उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post