इटहरी : मोरङको बेलबारी नगरपालिका ७ मा ३१ वर्षीय बासुदेव कार्कीले बिहीबार (आज) दिउँसो आफ्नै बाबुको हत्या गरेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुासर कार्की परिवारमा केही समयअघिदेखि जग्गा अंशबन्डासम्बन्धी विवाद रहेको पाइएको छ ।
त्यही विवादलाई लिएर बासुदेव र उनका भाइ तीर्थराजबीच भएको झगडा छुट्याउन गएका जयबहादुरलाई जेठो छोरा बासुदेवले आँगनको ढुङ्गामा पछारेको प्रहरीले जनाएको छ ।
प्रहरीले बाबुको हत्यामा संलग्न बासुदेवलाई पक्राउ गरेर घटनाको अनुसन्धान अगाडि बढाएको छ । डिएसपी श्रेष्ठले अनुसन्धानका लागि भाइ तीर्थराजलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए ।
बाबुको हत्या गरेका बासुदेवले सुरुमा आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीयका अनुसार परिवारबाट अलग भएका बासुदेव करीब डेढ महिनाअघिदेखि सुनसरीको इटहरीमा बस्दै आएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post