मोरङ : मोरङको सुनवर्षी नगरपालिका ६ मा सुतेकै ठाउँमा एक युवक मृत फेला परेका छन् ।
रतुवामाई नगरपालिका ६ का २८ वर्षीय तीर्थ निरौलालाई सुनवर्षी ६ का हरि राजवंशीको घरमा बिहीबार राति ९ः२५ बजेतिर मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पेट दुखेको भन्दै राजवंशीको घरमा आराम गरेर सुतेका निरौलालाई सुतेकै ओछ्यानमा मृत फेला पारिएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post