इटहरी : नेकपा एकीकृत समाजवादी पार्टीले इटहरी उपमहानगरपालिकासहित तीन उपमहानगर र एक महानगरपालिका मागेको छ ।
एकीकृत समाजवादीका नेताहरूका अनुसार इटहरी उपमहानगरपालिका, हेटौँडा उपमहानगरपालिका र वुटवल वा तुलसीपुर उपमहानगरमध्ये एक उपमहानगर दाबी गरेका हुन् ।
यस्तै, पोखरा महानगरपालिकामा आफ्नो नेतृत्व हुनुपर्ने दाबीसहित सत्तारुढ गठबन्धनको बैठक बसेको हो । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको अवस्थामा एसले सो पालिकामा आफ्नो दाबी गरेको हो ।
सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी भएका थिए ।
बैठकमा संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वभाविक दाबी गर्न नहुने र पार्टीको समर्थनको ठूलो पङ्ति हुन्छ भन्ने बिर्सन नहुने बताए ।
Discussion about this post