मोरङ : गएको तीन दिनदेखि सम्पर्कविहीन बनेका एक जना वृद्ध पुरुष सोमबार दिउँसो मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मृत फेला परेका छन्।
सुन्दरहरैँचा नगरपालिका–११ कर्जुनाका ८७ वर्षिय बलबहादुर श्रेष्ठको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार वृद्धको शव ग्रामथानस्थित नेता चोक–खनार सडकखण्ड नजिक भेटिएको हो।
वृद्ध गत वैशाख २ गते शुक्रबारदेखि सम्पर्कविहीन बनेको पाइएको छ।
घरबाट हिँडेका उनी नफर्किएपछि परिवारका सदस्य र आफन्तले खोजी थालेका थिए। डिएसपी श्रेष्ठले वृद्धको मृत्युको कारण खुल्न नसकेको र घटनाको बारेमाअनुसन्धान भइरहेको जानकारी दिएका छन् ।












Discussion about this post