मोरङ : मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार लेटाङ–कानेपोखरी सडकखण्डअन्तर्गत कानेपोखरी–७ मा प्रदेश १–०२–००३ त ८२० नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री वृद्धको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्याक्टरको ठक्करबाट लेटाङ नगरपालिका ५ का ८१ वर्षीय मानबहादुर राईको मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर र चालक मिक्लाजुङ गाउँपालिका ५ का २६ वर्षीय महेश कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
त्यस्तै, पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा ७ बेलगाछीमा तत्काल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट ८० वर्षीया धनमाया घिमिरेको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनालगत्तै फरार बनेको मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post