इटहरी : नेकपा एमाले प्रदेश १ कमिटीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको नाम हटाएर केन्द्रीय कमिटीमा मेयरका उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
नगरबाट सिफारिस भएर आएको नाम हटाएर इटहरीको नेतृत्वका लागि चारजनाको नाम पठाइएको हो ।
एमाले प्रदेश १ सचिव चिन्तन पाठकका अनुसार बहालवाला उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, एमाले इटहरी अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरिएको हो ।
नगरले सिफारिस गरेको चौधरी र एमाले नेता रेवती घिमिरेको नाम तल्लो तहबाट नआएका कारण हटाएर केन्द्रमा पठाएको उनले बताए ।
यस्तै, उपमेयरका लागि संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरिएको छ ।
यस्तै, धरानको मेयर उम्मेद्वारका लागि बहालवाला उपमेयर मञ्जु भण्डारी, मोतिराज सुनुवार, विजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस गरेको हो ।
नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको थियो । तर, तीमध्ये सातजनाको नाम कटौती गरेर चारजनाको मात्रै पठाइएको उनले बताए ।
यस्तै, उपमेयरका लागि पदम इस्बो, लहरुमाया जिमी, सविता राई, शुशीला पहाडीको नाम सिफारिस गरिएको पाठकले जानकारी दिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सो नामहरू केन्द्रमा पठाइएको हो ।














Discussion about this post