मोरङ : भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ४२ वर्षीय सचिनकुमार साह र विराटनगर महानगरपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षीय भूपेन्द्र कुमार शाह रहेको मोरङका डीएसपी दीपक श्रेष्ठले बताएका छन्।
उनका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयद्वारा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
दुवैलाई सट्टाबाजी मुद्दामा मोरङ जिल्ला अदालतबाट बिहिबार ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट २ थान मोवाइल, सिद्धार्थ बैंकको चेक, लक्ष्मी बैंकको चेक र नगद २८ हजार ३ सय २५ रुपैया पनि वरामद भएको मोरङ प्रहरीले जनाएको छ ।












Discussion about this post