मोरङ : मोरङको पथरीशनिश्चरेमा दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका २ इटहराका ४२ वर्षीय दिनेश भण्डारी रहेका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले राति ९ बजेतिर पथरीशनिश्चरे ३ आइतबारेस्थित भित्री सडकखण्डमा ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल अस्पताल एण्ड ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सडक पार गर्दै गरेको अवस्थामा भण्डारीलाई ट्याक्टरले ठक्कर दिएको हो ।
प्रहरीले ट्याक्टर र चालक पथरीशनिश्चरे २ का २३ वर्षीय अमृत लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ ।












Discussion about this post