मोरङ : मोरङको ग्रामथान गाउँपालिका ४ स्थित लोहन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
स्थानीय ३० वर्षीय बसन्त माझीको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलाबारीबाट प्रहरी अधिकृतसहितको टोली खटिइ मृतको पोस्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post