मोरङ : मोरङको रतुवामाई नगरपालिका ३ बाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का ५३ वर्षीय खड्कप्रसाद सिलवाल रहेका छन् ।
भारतबाट बा ७६ प ४६९७ नम्बरको मोटरसाइकलमा नेपालतिर आउँदै गरेका सिलवाललाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा साथबाट लागुऔषध बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।
सिलवालको साथमा ६८८ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post