मोरङ : मोरङको बूढीगंगा गाउँपालिका ३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७–च २२६६ नम्बरको कारले पूर्वबाट हाईवेतर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा २ बगवनका ३० वर्षीय शोभा राजवंशी घाइते भएका थिए ।
गम्भीर घाइते भएका राजवंशीको उपचारको लागि विराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार र चालक धनुषा जनकपुर ७ का २९ वर्षीय शैलेन्द्रप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post