उदयपुर : उदयपुरको ताप्ली गाउँपालिका १ पिपल भञ्जाङमा मंगलबार बेलुका चट्याङ्गसहितको आगोको मुस्लो झर्दा करिव ११ लाख बराबरको क्षति भएको छ।
बेलुकाको समयमा अकास्मात आकाशबाट आगोसहितको चट्याङ्ग पर्दा स्थानीय टंकबहादुर हमालको एक घर र अर्जुन सुनवारको एक हल गोरु र एक गाईको मृत्यु भएको छ।
आगालागीबाट हमालको घरका सबै समान अन्नपात, लत्ताकपडा, भाँडा, नगद र चाँदी गरी १० लाख २० हजार बराबरको धनमाल जलेर खरानी भएको स्थानीय तोपबहादुर ठकुरीले जानकारी दिएका छन् ।
त्यसैगरी सुनवारको ५० हजार बराबरको क्षति भएको उनले बताएका छन् । अकास्मात आगलागी भएका कारण घरबाट कुनै धनमाल निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताएका छन् ।











Discussion about this post