इलाम : इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । इलाम नगरपालिका ८ सिङफ्रिङमा शव गाडेको अवस्थामा भेटिएको हो ।
इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उनका अनुसार महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्न थालेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
एसपी श्रेष्ठले पुरिएको शव निकालेर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने भएकाले थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post