मोरङ : भारतको जोगवनीदेखि तस्करी गरेर ल्याइएको औषधिलगायतका स्वास्थ्यसामग्री सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ।
भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा २ सय ३५ प्याकेट सर्जिकल ब्लेड, २ हजार ७ सय ८० पिस प्रेग्नेन्सी टेस्ट किट र २ सय पिस अक्सिजन फेस मास्क बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीलाई देख्नासाथ सामग्री छाडेर तस्करीमा संलग्न भने आइतबार साँझ मोटरसाइकल लिएर फरार बनेको एसपी बताएका छन् ।
बरामद गरिएका १ लाख ३० हजार ३ सय रूपैयाँ बराबरको सामग्री आवश्यक कारवाहीका लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यस्तै जोगवनीबाटै अवैध तरिकाले ल्याउँदै गरेको कपडालगायतका सामान पनि सशस्त्रले बरामद गरेको छ।
विराटनगर महानगरपालिका–१६ दरैयाबाट ८३ पिस कुर्ता सलवार, १४ थान बाल्टिन र १ कार्टुन प्लाष्टिकको चम्चा तथा प्लेट बरामद गरिएको जानकारी एसपी लामिछानेले दिएका छन् ।
उनका अनुसार ९५ हजार रूपैयाँ बराबरको तस्करीको सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।












Discussion about this post