मोरङ : लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका १९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो ।
पिकअपबाट गाँजा बरामद भएता पनि फरार रहेका पिक अप चालकलाई बैशाख २० गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका ८ का ३९ वर्षीय झगेन्द्र राई रहेका छन् । राईले नियन्त्रीत लागूऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए ।
लागूऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post