इटहरी : इटहरी उपमहानगरपालिकाका बहालवाल मेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरीले सुनसरीमा संघीयता विरोधीहरू हार्ने संकेत दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सुनसरीमा नेकपा एमाले हार्ने नभई संघीयता विरोधीहरू हार्ने बताएका हुन् ।
बेलाबेलामा चर्चामा आइरहने चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् – ‘सुनसरीमा एमाले होइन, संघीयता विरोधीका प्रतिनिधिहरूले हार्दैछन्, चेतना भया ।’
उनले इटहरीमा यसअघि ‘सुनसरीमा टुरिष्टहरूको बेहाल’ भनेर चुनाव केन्द्रित स्टाटस समेत राखेका थिए ।
स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा एमालेको निराशाजनक मत प्राप्त भएपछि चौधरीले उक्त स्टाटस राखेका हुन् ।
एमालेको निराशाजनक मत आइरहेका बेलामा चौधरीले ‘इटहरीमा यारेलको छ्टपटी’ भनेर फेसबुकमा पोष्ट गरेका छन् । उनले भन्दै आएको यारेलले याम सुब्बा, रेवती भण्डारी र लक्ष्मी गौतमलाई जनाउँछ ।
उक्त स्टाटस लेखेपछि एमाले नगर सचिव रुपेश बस्नेतले कमेन्टमै प्रश्न गरेका छन्, ‘कतिमा बिक्नुभो ?’
त्यसको जवाफ दिँदै चौधरीले भनेका छन्, ‘किन्ने तागत छ ?’














Discussion about this post