धरान : .धरान उपमहानगरपालिका १४ विजयपुरमा धारिलो हतियार प्रहार गरी आमाको हत्या भएको छ ।
हत्याको आरोपमा प्रहरीले २५ वर्षीय सौगात सुवेदीलाई पक्राउ गरेको छ ।
झापा चन्द्रगढी घर भइ हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्त सुवेदीलाई छोराले गत शनिबार दिउँसो साढे १ बजे धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनामा घाइते भएकी सुबेदीलाई तत्काल उपचारको लागि वीपी प्रतिष्ठान लगिएकोमा थप उपचारको लागि विराटनगरको न्यूरो अस्पताल लगिएको थियो ।
त्यहाँ पनि उपचार नभएपछि उनको आज दिउँसो ३ बजे बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटनामा संग्लग्न रहेका सुवेदीलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।













Discussion about this post