इटहरी : इटहरीमा अबैध रूपमा बालुवा, गिट्टी चोरी निकासी गरेर लैजादै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
इटहरी वडा नं. ३ स्थित बूढीखोलाबाट अबैध रूपमा बालुवा, गिट्टी चोरी निकासी गरेर लैजादै गरेको ८ वटा ट्याक्टर प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले प्रहरीले नियन्त्रणमा लिएको हो ।
को १ त ४६४४, प्र १ ०२ ००३ त २२०४, प्र १ ०२ ००३ त १२९२, प्र १ ०२ ००३ त २२५५, को २ त ७५७६, को १ त ३३७७, को २ त ८७७६ र को १ त ६२४२ नम्बरको ट्याक्टरहरु बालुवा, ढुङ्गासहित पक्राउ गरिएको हो ।
पक्राउ गरिएका ट्याक्टरहरूसहित चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



















Discussion about this post