भेडेटार : धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार चेक प्वाइन्टबाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ का १८ वर्षीय अनुप गुरुङ र धनकुटा ३ का २२ वर्षीय मिसेक राई रहेका छन् ।
तेह्रथुमको शुक्रबारेबाट धरानका लागि छुटेको को १ ख ५१०५ बस चेकजाँच गर्ने क्रममा ७५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखेर आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post