धनकुटा : धनकुटा नगरपालिका ९ स्थित मूलघाटबाट प्रहरीले ९ केजी ५०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
छिन्ताङबाट को १ ज ३३२३ नम्बरको जिपमा राखेर धरान ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि २ का उपेन्द्र विसुंखे र गाडी चालक सहिदभूमि ३ का लोकेन्द्र राई रहेका छन् ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post