इलाम : इलामको देउमाई नगरपालिका ३ बाट प्रहरीले प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देउमाई नगरपालिका ७ का २० वर्षीय शम्भु लिम्बू र माई नगरपालिका ८ का १८ वर्षीय सुमन लिम्बू रहेका छन् ।
नेपालटार–मंगलबारे सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षकसहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १–०३–००१ प १६५५ र को १३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूको साथबाट ३ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेकाहरूको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post