मोरङ : जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा अचानक बेहोस भएका एकजना थुनुवाको मृत्यु भएको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका मोरङको केराबारी गाउँपालिका २ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बेलबारीले जेठ २५ गते ठकुरीलाई घरबाटै पक्राउ गरेर अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालयमा पेस गरेको थियो ।
मृतक ठकुरीले पत्नी सकुन्तला ठकुरीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको हो । पत्नीमाथि आक्रमण गरिएको घटना २०७८ माघको हो ।
अनुसन्धान यसअघि नै सकिएको ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई अदालत उपस्थित गराउन पुनः प्रहरीले पक्राउ गरेको हो ।
त्यसक्रममा सरकारी वकिल कार्यालयको सोधपुछ कक्षमा राखिएका बेला अचानक फिँज काड्दै बेहोस भएपछि उनलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post