मोरङ : मोरङको बेलबारी नगरपालिका १० स्थित सामुदायिक वन उपभोक्ता समितिका कर्मचारी मृत फेला परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी–चिसाङ सामुदायिक वन उपभोक्ता समितिका हेरालु ६९ वर्षीय यादव खनाल मृत फेला परेका हुन् ।
वन उपभोक्ता समितिको काठ थोपरेर राखिएको घाटगद्धीको कम्पाउण्डमा दिउँसो २ बजेतिर उनको शव भेटिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post