इटहरी : इटहरीमा सरकारको विरोध गरिएको छ ।
इटहरी चेम्बर अफ कमर्शले देशको खस्कदो अर्थतन्त्रको विषयमा सम्बन्धित व्यक्ति तथा निकायहरूको ध्यानाकर्षण गराउने उद्देश्यले मंगलबार (आज) कालो पट्टीसहित विरोध प्रर्दशन गरेको हो ।
इटहरी उपमहानगरपालिका अगाडि भेला भएका व्यवसायीहरूले कालोपट्टी बाँधेर नेपाल सरकारका अर्थमन्त्री र गभर्नरको विरोध गरेका थिए ।
इटहरी चेम्बर अफ कमर्शका अध्यक्ष गणेश कटुवालले पछिल्लो समय दैनिक रूपमा मूल्यवृद्वि तथा खस्कदो अर्थतन्त्रले मुलुकको आर्थिक अवस्था धराशयी बन्दै गएकाले विरोध गरिएको बताए ।
व्यवसायीहरूले ब्याजदर सगरमाथा चढिसक्यो तपाई कता हो गभर्नर ज्यू ? जस्ता पम्प्लेट बोकेर प्रर्दशन गरिएको थियो ।
Discussion about this post