इटहरी : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका ४ बेतनामा तीन जना सवार स्कुटर ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको को २० प ७६४५ नम्बरको स्कुटर ठोक्किँदा राति ११ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक बेलबारी ५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटरको पछाडि सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते भएका छन् । उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्कुटर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका २ का २५ वर्षीय अविनाशकुमार खवासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post