Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कर्मचारी नियुक्तिको विषयलाई लिएर इटहरीको जनता क्याम्पसमा तालाबन्दी, प्रशासन भन्छ, ‘दोषारोपण गर्नुको औचित्य छैन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २, २०७९
in टाकुरा विशेष, समाचार
0
कर्मचारी नियुक्तिको विषयलाई लिएर इटहरीको जनता क्याम्पसमा तालाबन्दी, प्रशासन भन्छ, ‘दोषारोपण गर्नुको औचित्य छैन’

तस्वीरमा जनता बहुमुखी क्याम्पस ।

552
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसमा कर्मचारी नियुक्तिको विषयलाई लिएर विभिन्न विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, राप्रविसंघ, समाजवादी विद्यार्थी फोरम, नयाँ शक्ति विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनले बिहीबार एक विज्ञप्ती जारी गर्दै कर्मचारी नियुक्तिको विषयलाई लिएर क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियू जनता बहुमुखी क्याम्पसका अध्यक्ष उज्वल सिग्देलका अनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

‘हामीले अनिश्चितकालका लागि आज क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका छौँ,’ सिग्देलले भने, ‘लिखित र मौखिक परीक्षाबारे सूचना नै प्रकाशित भएन, सूचना नै प्रकाशित नगरी प्रतिष्पर्धीलाई हतासमा परीक्षा लिन बोलाइयो ।’ उनले परीक्षाको केही दिन अगाडि नै सहभागीलाई खबर हुनुपर्ने भएपनि सोही दिन मात्रै फोनमार्फत जानकारी भएको आरोप लगाउँदै निर्णय फिर्ता लिन माग गर्दै तालाबन्दी गरेको बताए ।

उनले भने, ‘प्रशासनले ६ जनाका लागि भनेर कर्मचारी आह्वान गरेको थियो, जसमा ३५ जना सहभागी थिए । तर, लिखित र मौखिक परीक्षा दिनका लागि मिति तय नगरी, सूचनाबिनै बोलाइयो ।’

उनले नेपाली कांग्रेससँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिलाई विज्ञ राखेको भन्दै त्यसमा आफूहरूको असहमति रहेको बताए ।

बिहीबार विभिन्न संगठनले प्रकाशन गरेको विज्ञप्ती ।

‘कांग्रेससँग जोडिएका व्यक्तिलाई विज्ञ राख्ने भन्ने विषयमा पनि हाम्रो असहमति छ,’ उनले भने, ‘एकदिनमै फोनमार्फत बोेलाएर परीक्षा भयो, सोही दिन रिजल्ट निकालियो, अग्रिम सूचना नभएकाहरूको परीक्षा नै छुट्यो ।’

परीक्षामा ढिलोगरी सूचना पाएर सहभागी हुन नपाएका शंकर अधिकारीले भने आफूलाई परीक्षाबारे ढिलो थाहा भएको बताए । उनले भने, ‘४ बजेदेखि सुरु भएको परीक्षामा ५ बजे जानकारी भयो, म दमकमा भएको कारण सहभागी हुन पाईँन, सुरुमै थाहा भएको भए सहज हुनेथियो ।’

यसअघि क्याम्पस प्रशासनले दुई महिनाअघि सात दिनको लागि भनेर प्रकाशन गरेको सूचनाअनुसार ढिलोगरी गत जेठ २९ गते मात्र परीक्षा लिएको थियो ।

क्याम्पस प्रशासनले लेखापाल १, प्राविधिक सहायक १, कम्युटर सहायक १, रिसेप्सन सहायक १, पुस्तकालय सहायक १ र सफाई कर्मचारी १ गरी ६ जनाका लागि गत चैत २८ गते सूचना प्रकाशित गरेको थियो ।

यता जनता बहुमुखी क्याम्पसमा सञ्चालक समितिका अध्यक्ष रेवती भण्डारीले भने आफूलाई यस विषयमा राम्ररी थाहा नभएको भन्दै पन्छिए । फोन सम्पर्कमा भण्डारीले भने, ‘त्यो चाँहि मलाई पनि राम्ररी थाहा भएन, जे आएको छ त्यही हो, पदपूर्तिका सदस्यहरूलाई सोध्नुहोस् ।’

क्याम्पस प्रमुख प्रा.डा. गीता अधिकारीले भने आफू काठमाडौँ भएको समयमा नियतबस तालाबन्दी गरिएको प्रतिक्रिया दिइन् । ‘हामीले माइन्यूट नै गरेर विद्यार्थीको मुद्वा समाधान गर्नेगरी चारबुँदे गरेका छौँ,’ अधिकारीले भनिन्, ‘म काठमाडौँ आएको समयमा नियतबस रूपमा तालाबन्दी गरियो ।’

उनले २९ गते हुने परीक्षामा २७ गते नै सबै सहभागीलाई जानकारी गराइएको बताइन् । उनले भनिन्, ‘हामीले २९ गतेको परीक्षाका लागि सबैलाई २७ गते नै फोटो लिएर प्रवेशपत्र लिन आउनु भनेर सूचना गरेका थियौँ, जानकारी थिएन भने ती मान्छे कसरी सम्पर्कमा आए ।’

उनले लिखित जाँच तीन घण्टाको रहेको र सोही दिन रिजल्ट आउने समेत जानकारी गराइएको बताउँदै भनिन्, ‘लिखितको रिजल्ट सोही दिन आउँछ र सोही दिन मौखिक हुन्छ भनेर अग्रिम जानकारी गराइएको थियो, कसैलाई व्यक्तिगत रूपमा काखापाखा गरिएको छैन ।’

उनका अनुसार मुख्य परीक्षकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट कर्मचारी आएका थिए ।

विज्ञका रूपमा जिल्ला प्रशासन कार्यालय सुनसरी, नेपाल बैँकबाट बोलाइएको बताउँदै भनिन्, ‘हामीले जिल्ला प्रशासान र नेपाल बैँकबाट बोलाएका थियौँ, प्रशासनले कसलाई पठाउँछ त्यो विषयमा त मलाई पनि थाहा हुँदैन ।’

उनले क्याम्पस प्रशासनलाई मात्रै दोषारोपण गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारिन् ।

पदपूर्ति समितिका संयोजक विकास केसीले भने सञ्चालक समितिमा पटकपटक सल्लाह भएर कर्मचारी आवश्यक भएको भन्दै विज्ञापन गरिएको थियो ।

‘कर्मचारी आवश्यकता परेमा क्याम्पस प्रशासनले शैक्षिक सुपरीवेक्षणलाई जानकारी गराउँछ, त्यसले सञ्चालक समितिलाई भन्छ, सञ्चालक समितिले बैठक राखेर कर्मचारी आवश्यक परेको भनेर पदपूर्ति समितिलाई निर्देशन दिएपछि विज्ञापन खुल्छ,’ उनले भने, ‘यो सबै भएपछि पदपूर्ति समितिको बैठक बसेर कर्मचारी आवश्यकताको विज्ञापन खुलाउँछ, यो सबै नियमसंगत छ ।’

उनले प्रतिष्पर्धीहरूलाई फारम भरेपछि प्रवेशपत्रका लागि अगाडि नै सूचित गरिएपनि अहिले अनावश्यक प्रचार गरिएको बताए ।

उनले भने, ‘चुनाव भन्दा अगाडि नै विज्ञापन खुलाएको सत्य हो, चुनावको समयमा कर्मचारी नियुक्त गर्दा आचारसंहिताका कुरा आउने भएकाले अध्यक्षकै रोहबरमा परीक्षा सार्ने भनिएको थियो, अहिले समस्या आएपछि अध्यक्ष नै पन्छिने काम गरिरहनुभएको छ ।’

विज्ञ बोलाउने कुरामा पनि सञ्चालक समितबाटै पटकपटक सल्लाह भएको भएपनि विज्ञ बोलाएपछि अध्यक्ष भण्डारी पन्छिने काम भएको उनले बताए ।

सञ्चालक समितिको संयोजकमा केसीसहित सदस्यहरूमा युगप्रिय निरौला ईश्वरी भट्टराई र शिवराज दाहाल रहेका थिए ।

Tags: जनता बहुमुखी क्याम्पसटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती
विविध

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय,...

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु
FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.