मोरङ : मोरङको जहदा गाउँपालिका ४ मा घरबाट माइत जान भनेर हिँडेकी एक जना वृद्धा महिलाको शव शनिबार बिहान पोखरीभित्र भेटिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार जहदा ४ स्थित पोखरीको पानीमा डुबेर मृत्यु भएको अवस्थामा ६५ वर्षीया नीरबुधियादेवी मुखियाको शव फेला परेको हो ।
यद्यपि, मृत्युको कारण प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाएर इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।














Discussion about this post