धरान : धरान उपमहानगरपालिका ५ बाट गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रितबहादुर राईले सञ्चालन गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको हो ।
पसलबाट गाँजा बरामद भएसँगै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post