उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित मदन भण्डारी राजमार्गमा बोलेरो चालकले मापसे गरेर चलाउँदा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ ।
बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको बा ९ च ३८४६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भइ दुर्घटना हुँदा बोलेरोमा सवार रहेका त्रियुगा नगरपालिका १३ पोर्ताका ५२ वर्षीय कुमार बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बोलेर चालक स्थानीय ३७ वर्षीय इन्द्र चौधरीले मादक पदार्थ (मापसे) सेवन गरेर तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर घटनाबारे थप अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post