मोरङ : मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अुनसार मंगलवार राति साढे ७ बजेको समयमा मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ५० वर्षीया विमला खड्कालाई ठक्कर दिँदा खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी खड्काको उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मंगलबार साँझ मोरङकै सुन्दरहरैँचा नगरपालिका ११ मा साइकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलमा सवार रहेकी ३० वर्षीया देवकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
घाइते भएकी उनको नोबेल अस्पताल विराटनगर उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post