इटहरी : इटहरीका युवकले चलाएको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका ४ मा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको हो ।
प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा भोजपुरको अरुण गाउँपालिका ५ का २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक इटहरीका विकास श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
मृतक श्रेष्ठ बूढीगंगास्थितमा रहेको प्रिमियर वायर फ्याक्ट्रीमा सेक्युरिटी गार्ड रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।












Discussion about this post