मोरङ : मोरङको रङ्गेली नगरपालिका ७ मा रहेको माउन्टेन मकालु बोर्ङिङ स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार दुर्घटनामा एक बालिका गम्भीर घाइते भएकी छन् ।
को १ क ११३० नम्बरको स्कुल बसले दिउँसो ४ बजेतिर ठक्कर दिँदा सोही बोर्डिङमा अध्ययनरत दुई बालबालिका घाइते भएका थिए ।
घाइतेमध्ये एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा रङ्गेली ५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मृत्यु भएको हो । दुर्घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्थानीय टायम्स अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट बोर्डिङको एलकेजीमा अध्ययनरत रङ्गेली ६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी छन् । उनको उपचारका लागि विराटनगर पठाइएको छ ,
बोर्डिङ छुट्टि भएपछि घरतर्फ जाँदै गरेका बालबालिकालाई बोर्डिङअगाडि नै बसले पछाडिबाट ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनापछि बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post