इनरुवा : सुनसरीको इनरुवा नगरपालिका १ पूर्व टोलका एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँका ४४ वर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post