धनकुटा : धनकुटा नगरपालिका १ स्थित हिलेमा लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ वर्षीय गोबिन्द बिश्वकर्मा रहेका छन् ।
प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध ब्राउनसुगर १७० मिलिग्राम बरामद गरिएको हो ।
पक्राउ परेका विश्वकर्माको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post