उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ ,मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बिजुलीको तार लगाएर करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











Discussion about this post